समाजवादी पार्टीले सातवटै प्रदेशका मुख्य सहरमा आमसभा गर्ने

काठमाडौं– नवगठित समाजवादी पार्टीले सातवटै प्रदेशका मुख्य सहरमा आमसभा गर्ने भएको छ । नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता भएर बनेको सो पार्टीले एकताको सन्देश दिन मुख्य सहरमा आमसभा गर्ने भएको हो । 

अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने र सबैमा एकताको सन्देशका पुर्याउने उद्देश्यका साथ आमसभा कार्यक्रम गर्न लागिएको सो पार्टीले जनाएको छ । विराटनगर, पोखरा, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा कार्यक्रम आयोजना हुनेछ । 

कार्यक्रममा पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गर्नेछन् । जेठ ११ गते विराटनगरबाट सुरु हुने कार्यक्रम २५ गते पोखरामा सभा गरेर समापन हुनेछ । 

समाजवादी पार्टीको प्रदेश ६ र ७ बाहेक सबै प्रदेशमा संगठन रहेको सो पार्टीका एक नेताले जानकारी गराए । गत वैशाख २३ गते दुई पार्टी एकीकरण भई समाजवादी पार्टी घोषणा गरिएको थियो ।
  





  • प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार १५:४९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया