मिडिया काउन्सिल विधेयक खारेज नगरे अन्तर्राष्ट्रिय मिडिया मिसन गुहार्ने चेतावनी

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारले मिडिया काउन्सिल विधेयक खारेज नगरे अन्तर्राष्ट्रिय मिडिया मिसन गुहार्ने चेतावनी दिएको छ ।  

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महासंघका महासचिव रमेश विष्टले सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयक तत्काल खारेज नगरे अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाई समेत गुहार्ने चेतावनी दिए । 

अहिले संसदमा प्रस्तुत गरिएको विधेयक पारित भए प्रेसको स्वतन्त्रता बाँकी नरहने महासचिव विष्टले दाबी गरे ।  ‘यो विधेयक कानुन बनेर आयो भने नेपालमा प्रेस स्वतन्त्रता बाँकी रहँदैन, उनले भने, ‘हामीले आन्दोलनको घोषणा गरिसकेका छौँ ।’

पछिल्लो समय प्रेसलाई नियन्त्रण गर्ने कानुन ल्याउने काम भएकोमा आक्रोश पोख्दै उनले नेपाली प्रेस शान्ति प्रक्रियाको हिस्सेदार भएकोले स्वतन्त्र प्रेसको रक्षा हुनुपर्ने माग गरे ।  

सरकारले ऐन ल्याउँदा सरोकारवालासँग कुनै छलफल नगरेकोमा उनले आक्रोश पोखे । कुनैपनि हालतमा यो विधेयक स्वीकार्य नहुने चेतावनी दिँदै उनले भने, ‘यो कानुन मान्दैनौँ । हामी अवेज्ञा गर्छौं ।’ 





  • प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार १७:५१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया