द्वन्द्वले विस्थापित दुई लाख सिरियाली स्वदेश फर्किए

एजेन्सी– द्वन्द्वबाट विस्थापित भएर लेबनान पुगेका करिब २ लाख सिरियालीहरु स्वदेश फर्किएका छन् । लेबनानमा शरणार्थीकाे रुपमा रहेकाहरु सन् २०१७ देखि स्वदेश फर्किन थालेका हुन् । 

उनीहरूलाई स्वदेश फर्काउन लेबनानका सुरक्षा निकायले सिरियाली अधिकारीसँग समन्वय गरिरहेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । 

सिरियाली अधिकारीका अनुसार सन् २०१८ मा सिरिया फर्किनेको संख्या अत्यधिक रहेकाे थियाे ।

सिरियाले लेबनानमा रहेका शरणार्थी स्विकार्ने जनाएपछि उनीहरूलाई स्वदेश फिर्ती प्रक्रिया अगाडी बढाउने गरिएको लेबनानी अधिकारीले बताएका छन् । यतिबेला रमादानका कारण स्वदेश फर्किनेको संख्या घटे पनि त्यसपछि सिरिया फर्किनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय कार्यालयमा झन्डै १० लाख सिरियाली शरणार्थीकाे दर्ता भएपनि लेबनानले सिरियाली शरणार्थीको संख्या १५ लाखभन्दा धेरै रहेको बताएकाे छ । 





  • प्रकाशित मिति : बैशाख २९, २०७६ आइतबार ११:१०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया