सरकारले क्यान्सर पीडितलाई दिँदै आएकाे आर्थिक सहयाेग राेक्याे

काठमाडौं– विगत पाँच महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको आर्थिक सहायता सरकारले रोकेको छ। बजेट अभाव भएपछि क्यान्सर पीडितलाई दिँदै आएकाे १ लाख आर्थिक सहयाेग राेकेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले जानकारी दिइन् । 

बजेटको अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरुको सूची तयार पार्ने काम पनि स्थगित गरिएको पनि सचिव चौंधरीले स्पष्ट पारिन्।

आइतबार काठमाडौंमा आयोजित विश्व आँखा क्यान्सर सचेतना सप्ताह कार्यक्रममा बोल्दै उनले आँखाको क्यान्सर रोगको उपचारको लागि पनि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने आश्वासन पनि दिइन।

सचिव चौंधरीले क्यान्सरजस्ता जटिल रोगहरुको उपचारका लागि सरकारले कम्तीमा पनि ५ लाख आर्थिक सहायता उपलब्ध गराउने प्रयास गरिरहेको पनि बताइन।

आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धि नेपाली चिकित्सक समाजले तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरेर सुरु गरिएको सो कार्यक्रममा आँखाको क्यान्सर र त्यसको रोकथामका विषयमा विस्तृत जानकारी दिइनेछ।

कार्यक्रममा बोल्दै तिलगंगा अस्पतालका संस्थापक एवम् कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आँखाको क्यान्सर र त्यसको रोकथामका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।





  • प्रकाशित मिति : बैशाख २९, २०७६ आइतबार १४:०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया