प्रदेश न. ५ को नाम ‘मगरात स्वायत्त प्रदेश’ राख्न माग

बुटवल– प्रदेश न. ५ को नाम ‘मगरात स्वायत्त प्रदेश’ राख्न माग गर्दै नेपाल मगर संघले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई हस्ताक्षर बुझाएको छ । मुख्यमन्त्री पोखरेललाई ११ लाख ७ सय ३६ जनाको हस्ताक्षर बुझाइएको संघको दाबी छ ।

सो प्रदेशमा मगर समुदायको जनसंख्या सबैभन्दा धेरै भएको र आदिमकालीन नामत भएकाले मगरात राख्न माग गरिएको नेपाल मगर संघले जनाएको छ । रुकुम पूर्वदेखि पाल्पासम्मको मगर समुदायको सघन बस्ती भएको आधार प्रस्तुत गर्दै संघले मगरात स्वायत्त क्षेत्र घोषणा गर्नसमेत माग गरेको हो ।

आठ वर्षअघिको जनगणनाअनुसार प्रदेश ५ मा मगरको जनसंख्या ७ लाख एक हजार पाँच सय ८६ रहेको तथ्यांक छ । प्रदेश ५ को कुल जनसंख्याको १९ प्रतिशत मगर रहेको संघलको दाबी छ ।

मुख्यमन्त्री पोखरेलले हस्ताक्षर बुझ्दै नाम र राजधानीको नामाकरण सबैको पहिचान र मनोभावना बुझेर नै गरिने आश्वासन दिए । 





  • प्रकाशित मिति : बैशाख २९, २०७६ आइतबार १६:५८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया