म्यानचेस्टर सिटी च्याम्पियन

एजेन्सी— प्रिमियर लिग २०१९ को च्याम्पियन म्यानचेस्टर सिटी बनेको छ । आइतबार भएको खेलमा ब्राइटनलाई ४–१ ले हराउँदै सिटीले लगातार च्याम्पियनका रुपमा आफ्नो नाम दर्ज गरेको हो । यसअघि १० वर्षअघिको म्यानचेस्टर युनाइटेडको रेकर्डलाई अब सिटीले भेट्याएको छ । 

आइतबार भएको खेलमा सिटी पहिले १ गोलले पछाडि परेको थियो । तर, लगत्तै सिटीले खेलमा पुनरागमन गर्यो र ब्राइटनको पोस्टमा ४ गोल प्रहार गर्यो । 

सिटीका लागि सर्जियो अगुएरो, एन्टोनी लापोर्टे, रियाद महारेज र इकाए गुन्डागोनले एक(एक गोल गरेका हुन् । 

पोइन्ट्स टेबलमा ३८ खेल खेलेको सिटीले ९८ अंक जोडेको छ । दोस्रोमा रहेको लिभरपुलले ९७ अंक जोडेको छ ।





  • प्रकाशित मिति : बैशाख २९, २०७६ आइतबार २२:२७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया