बन्दुकधारीकाे आक्रमणबाट बलुचिस्तानमा पाँच जनाकाे मृत्यु

पाकिस्तान– पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित एउटा होटलमा सशस्त्र समूहले आक्रमण गर्दा सो होटलका चार कर्मचारी र एक सैनिककाे मृत्यु भएकाे छ । 

अरब सागरनजिकै ग्वादारमा रहेको जाभेर पर्ल कन्टिनेन्टल होटलमा शनिबार अपराह्ण तीन बन्दुकधारी र सुरक्षाकर्मीबीच भीडन्त भएको थियो। भिडन्तमा तीन जना आक्रमणकारीकाे पनि ज्यान गएको र अन्य छ जना घाइते भएकाे पाकिस्तानी सेनाले जानकारी दिएकाे छ । 

उक्त हाेटल चिनियाँ लगानीमा निर्माण भएकाे हाे । 

आक्रमण भएकाे समयमा हाेटलमा धेरै कर्मचारी र पाहुना नभएकाले पनि मानवीय क्षती कम भएकाे हाेटल सञ्चालकले बताएका छन् । 

पाकिस्तानकाे पृथक्तावादी समूह बलुचिस्तान लिबरेसन आर्मीले घटनाको जिम्मेवारी लिँदै चिनियाँ र अन्य लगानीकर्तालाई लक्षित गरिएको बताएको छ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७६ साेमबार ८:३१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया