Mon, 22 Jul, 2019


श्रीलंकामा मस्जिद आक्रमणपछि फेसबुक, ह्वाट्सऐपमा प्रतिबन्ध
फरकधार / बैशाख ३०, २०७६

श्रीलंका– श्रीलंकामा सरकारले सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाएकाे छ । एउटा फेसबुक पोस्टमा भएकाे विवादपछि मस्जिदमा आक्रमणा हुँदा सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएकाे हाे । 



क्रिश्चियन बाहुल्यता रहेकाे चिलाऊ क्षेत्रमा रहेका मस्जिद र मुस्लिम समुदायका केही व्यक्तिकाे पसलमा आक्रमण भएकाे थियाे ।

यो घटनापछि सरकारले फेसबुक, ह्वाट्सऐपलगायतका सामाजिक सञ्जाल प्रतिबन्ध गर्यो । प्रशासनले पनि घटनापछि सोमबार बिहानसम्म कफ्र्यु लगाएको थियो । 

श्रीलंकाका प्रहरी प्रवक्ता रुवान गुणशेखरले विवादित फेसबुक पोस्ट लेख्ने ३८ वर्षीय हसमरलाईे पक्राउ गरेको जानकारी दिए । 

फेसबुक पोस्टमा हसमरले ‘धेरै नहाँस, एक दिन रुनेछौ’ लेखेका थिए । यो स्ट्याटसलाई क्रिश्चियन समुदायका मानिसले धम्कीकाे रुपमा लिए र हसमरमाथि कुटपिटसमेत गरे । यसपछि उनीहरुले मस्जिद र पसलहरुमा ढु‌ंगा प्रहार गर्न थाले ।  

श्रीलंकामा २१ अप्रिलमा इस्टर सन्डेका दिन श्रृङखलाबद्ध आक्रमणबाट २५१ जनाको ज्यान थियो । घटनाकाे जिम्मा इस्लामिक स्टेटले लिएकाे थियाे । 

 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्