सरकारको शाही प्रवृत्तिविरुद्ध जनस्तरबाट नै प्रतिवाद गर्ने समय आयो : कांग्रेस युवानेता पौडेल

चितवन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले संवैधानिक मर्म र भावनाविपरीत दुईतिहाइको दम्भ देखाएर प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन् । 

नेपाल शिक्षक संघ चितवनको ३०औँ स्थापना दिवसका अवसरमा भरतपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै पौडेलले प्रेसमाथि अंकुश लगाउने सरकारको प्रयासको निन्दा गरे । प्रेसमाथि अंकुश नेपाली कांग्रेसलाई कुनै सर्तमा स्वीकार्य नहुने बताउँदै उनले सरकारको पछिल्लो गतिविधिले शाहीकालको झल्को दिएको बताए । 

सरकारले मानव अधिकार आयोगलाई महान्यायाधिवक्ताको मातहतमा राख्न खोजेको बताउँदै पौडेलले यासलाई सरकारको निरंकुशतावादी सोच को परिणामका रूपमा चित्रण गरे । नेकपा सरकारको यस्तो शाही प्रवृत्तिविरुद्ध जनस्तरबाट नै प्रतिवाद गर्ने समय आएको उनले बताए । 

कांग्रेस युवानेता पौडेलले सार्वजनिक शिक्षा सुधारमा शिक्षकहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरूको योगदानको प्रशंसा गरे ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७६ साेमबार १६:३८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया