स्वीडेनमा जुलियन असान्जमाथिको मुद्दा फेरि हेरिने

एजेन्सी– विकिलिक्सका संस्थापक जुलियन असान्जमाथि लागेको बलात्कारको मुद्दामाथि फेरि अनुसन्धान हुने भएको छ । यो आरोप असान्जमाथि सन् २०१० मा लागेको हो । स्वीडेनले उनीमाथिको आरोपबारे फेरि अनुसन्धान गर्ने जनाएको छ । पीडितकी वकिलले पुनः याचिका प्रस्तुत गरेकाले यो मुद्दा फेरि हेरिन लागेको हो । 

असान्जले चाहिँ यो कुरालाई खण्डन गर्दै आएका छन् । उनी सन् २०१२ मा लन्डनस्थित इक्वेडरको दूतावासमा शरण नपाइन्जेल स्वीडेनमा सात वर्ष बसेका थिए । गत महिना उनलाई बेलायती प्रहरीले पक्राउ गरेको थियो । उनले दूतावासमा बस्दा नियमहरु पालना नगरेको भन्दै ५० साताको जेल सजाय सुनाइएको छ ।

उनी अहिले लन्डनको बेलमार्स जेलमा छन् ।

दुई वर्षअघि स्वीडेनका अधिकारीहरुले असान्जविरुद्धको यो मुद्दा उनी इक्वेडरको दूतावासमा भएकाले हेर्न नसकिने भन्दै बन्द गरेका थिए । ‘अब उनी अहिले बेलायती जेलमा भएकाले यो मुद्दामा उनीमाथि छानबिन हुन सक्छ,’ स्वीडेनका अधिकारीले भनेका छन्, ‘अब उनीविरुद्ध युरोपियन पक्राउ पुर्जी जारी हुनेछ ।’

उता, अमेरिकाले असान्जलाई सुपर्दगी गर्न बेलायतलाई पत्राचार गरिसकेको छ । 





  • प्रकाशित मिति : बैशाख ३०, २०७६ साेमबार १९:१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया