Mon, 20 May, 2019


हलिउड अभिनेत्री डोरिस डेको निधन
फरकधार / बैशाख ३०, २०७६

एजेन्सी– हलिउडकी प्रसिद्ध अभिनेत्री डोरिस डेको निधन भएको छ । अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुका अनुसार उनको ९७ वर्षको उमेरमा निधन भएको हो । पहिले डोरिस गायनका लागि प्रसिद्ध थिइन् । 

डोरिसका अधिकांश फिल्महरु चर्चित भएका छन् । उनले फिल्म कलामिटी जेन एन्ड पिलो टकमा गरेको अभिनयलाई निकै प्रशंसा गरिन्छ । त्यस्तै सन् १९५६ मा आएको उनको फिल्म क्यू सेरा, सेरा पनि निकै चर्चित रहेको थियो । 

सन् १९५० र १९६० को दशकमा हलिउडको बक्स अफिसमा उनका फिल्मले निकै राम्रो गरेका थिए ।


यो पनि नछुटाउनुहोस्