logo-img

जय ट्रफी : आर्मीविरुद्ध बागमती २०० रनमा अलआउट, नन्दन यादवको शतक

जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको पहिलो इनिङमा बागमती प्रदेश २ सय रनमा अलआउट भएको छ । बागमती ५० ओभरमा २ सय रनमा अलआउट भएको हो । योसँगै आर्मीले ७६ रनको अग्रता पाएको छ ।

पहिलो इनिङमा बागमतीका लागि नन्दन यादवले अर्धशतकीय पारी खेले । उनले ८० बलमा दुई छक्का र एक चौकासहित ५१ रनको पारी खेलेका हुन् ।

यस्तै, शुभ कंशाकारले ३४, उत्तम थापाले २८, रित गौतमले २१, विपिन आचार्यले २०, प्रतिश जिसी र आशुतोष घिरैयाले ११/११ तथा कप्तान सन्दीप लामिछानेले १० रन जोडे । 



आर्मीका लागि आकाश चन्दले तीन, सोमपाल कामी, शाहब आलम र पवन कार्कीले दुई/दुई विकेट लिए । त्यसअघि जनकपुरस्थित रामजानकी मल्टिप्रपोज ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो इनिङमा २७६/५ को स्थितिमा पारी समाप्तिको घोषणा गर्‍यो ।



उसका लागि इमरान शेख र बसिर अहमदले अर्धशतकीय इनिङ खेले । इमरानले १०४ बलमा ११ चौकाको सहयोगमा ७२ तथा बसिरले ६४ बलमा ८ चौकासहित अविजित ५३ रनको पारी खेलेका हुन् । 

यस्तै, तृतराज दासले ४४, कुशल मल्लले अविजित ३५ र भीम सार्कीले ३२ रन जोडे । बागमतीका लागि विपिन आचार्यले तीन र कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । आर्मी र बागमती दुवैले पहिलो म्याच ड्र खेलेका थिए । पहिलो खेलमा आर्मीले पुलिस तथा बागमतीले मधेश प्रदेशसँग ड्र खेलेका हुन् ।  



  • प्रकाशित मिति : पुस २५, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया