६ माघ, २०८२ मंगलबार
Jan. 20, 2026

मधेशविरुद्ध पुलिस इनिङ अन्तरले विजयी, कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन

जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत मधेश प्रदेशविरुद्ध विभागीय नेपाल पुलिस क्लब ३५ रनको इनिङ अन्तरले विजयी भएको छ ।

जारी प्रतियोगितामा कुनै पनि टिमको यो पहिलो जित हो । पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबसँग ड्र खेलेको थियो ।



यस्तै, मधेशले पनि पहिलो खेलमा बागमती प्रदेशसँग बराबरी खेलेको थियो । दोस्रो खेलमा पुलिसविरुद्ध भने उसको प्रदर्शन निकै कमजोर रह्यो । मधेश प्रदेश पहिलो इनिङमा १२९ तथा दोस्रो इनिङमा ९४ रनमै अलआउट भयो ।



उसका लागि पहिलो पारीमा मयन यादवले १०२ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ५९ रन बनाए । यस्तै, निरज यादवले २९ तथा अभिषेक तिवारीले अविजित १७ रन जोडे ।

पुलिस क्लबका लागि गुलशनकुमार झाले १३ ओभरमा ४ मेडनसहित ४० रन दिएर पाँच विकेट लिए । यस्तै, कुशल भुर्तेलले दुई, श्रवन यादव र ललित राजवंशीले एक/एक विकेट हात पारे । 

दोस्रो पारीमा मधेशका लागि विशाल पटेलले २७, मयन यादवले २२ र हिमांशु दत्तले १७ रन बनाए । पुलिस क्लबका लागि ४.२ ओभरमा २२ रन दिएर सर्वाधिक पाँच विकेट लिए ।



यस्तै, गुलशनकुमार झाले तीन र ललितनारायण राजवंशीले दुई विकेट हात पारे । पुलिसले पहिलो इनिङ २५८/४ को अवस्थामा समाप्तिको घोषणा गर्‍यो । उसका लागि कुशल भुर्तेलले ६८ बलमा १० चौकासहित सर्वाधिक ६३ रन बनाए ।

यस्तै, दिलिप नाथ र कप्तान आरिफ शेखले ४०/४०, अमित श्रेष्ठले ३५, शंकर रानाले अविजित ३१, अर्जुन साउदले २२ र गुलशन झाले २० रनको योगदान दिए ।

मधेश प्रदेशका लागि कप्तान हरिशंकर साहले दुई, रुपेश सिंह र रञ्जित कुमारले एक/एक विकेट लिए । 

  • प्रकाशित मिति : २५ पुस, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया