logo-img

धरौटीमा रिहापछि रविको प्रतिक्रिया : अझैं लडाईं बाँकी नै छ
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्याय प्रणालीमा विश्वास गर्ने ठाउँ बाँकी नै रहेको प्रतिक्रिया दिएका छन् । उनले धेरै लडाईं लड्न बाँकी नै रहेको पनि बताएका छन् ।  

‘मैले बोल्ने समय आएपछि नबोल भने पनि बोलौँला,’ भिडियो सन्देशमार्फत लामिछानेले भनेका छन्, ‘धेरै लडाईं बाँकी नै छ ।’

रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । न्यायाधीश नीतिज राईको एकल इजलासले आदेश दिए लगत्तै रविले बैंक ग्यारेन्टीमार्फत ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता खुशी हुँदै नारा बाजि गरेका थिए । काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने सर्तमा प्रहरीले रविलाई परिवारको जिम्मा लगाएको हो । 



रविसहित छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाईं, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङले बिहीबार नै धरौटी बुझाएर रिहा भएका हुन् ।
 





  • प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया