logo-img

रवि थुनामुक्त भएपछि सूर्य थापाको प्रतिक्रिया : चचहुई गर्नु पर्दैन, चार जिल्लामा सुनुवाइ बाँकी छ
फाइल तस्बिर

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति तथा एमाले सांसद सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेको रिहाइमा खुसियाली बनाउनुपर्ने कारण नहरेको टिप्पणी गरेका छन् । 

उनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक शैलीमा ६५ लाख धरौटीमा रिहा हुँदा सफाइ पाएको भन्दै उनले चचहुई गर्नुपर्नेको औचित्य नरहेको टिप्पणी गरेका हुन् ।

थापाले काठमाडौं, बुटवल ,चितवन र वीरगन्ज सुनुवाइ बाँकी रहेकोले खुसियाली मनाउन हतार नगर्न पनि उल्लेख गरेका छन् ।  

अदालतको आदेशअनुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए । उनीसँगै उक्त मुद्दाका ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन् ।



लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।  

न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरुङलाई ५ लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई ५ लाख र कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 



प्रतिवादी लीला पछाईँले भने आज धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ ।



  • प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया