Mon, 22 Jul, 2019


क्याट्रिनाले भनिन्– प्रेम र धोकाले सबै सिकाइदियो
फरकधार / बैशाख ३०, २०७६

एजेन्सी– बलिउड अभिनेत्री क्याट्रिना कैफ पछिल्लो समय भारतीय सन्चारमाध्यम र सामाजिक सन्जालमा निकै छाउन थालेकी छिन् । झन्, आजभोलि उनी फिल्म ‘भारत’को प्रमोसनमा भएकाले दिनदिनै समाचारका हेडिङ बनिरहेकी छिन् । यो फिल्ममा क्याट्रिना सलमानसँग देखिँदै छिन् । 



यही सन्दर्भमा उनले भारतीय न्युज एजेन्सीलाई एक अन्तर्वार्ता दिएकी छिन् । त्यसमा आफ्नो जीवन, जीवनमा आफूले गर्नु परेको संघर्षबारे उनले खुलेर कुरा गरेकी छिन् । उनले सन् २००९ मा ‘अजब प्रेमकी गजब कहानी’ खेल्दा आफ्नो जीवनको सुन्दर क्षण भएको पनि बताएकी छिन् ।

उनले अन्तर्वार्तामा भनेकी छिन्, ‘मैले आफैंमा अहिले सकारात्मक परिवर्तन आएको महसुस गरेकी छु । जीवन सुन्दर छ । मैले पछिल्ला केही वर्षमा निकै धेरै कुराहरु अनुभूत गर्न पाएकी छु । मैले भावना, दुःख, प्रेम र धोकाबाट धेरै सिक्न पाएकी छु । आफ्नो जीवनमा प्रेम र धोकाबाट कसरी खुसी हुने भन्ने पनि सिक्न पाएकी छु ।’


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्