रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ ।
बिहीबार राति साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा मलोर्कालाई ३–० ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनलमा रियलको जितमा जुड बेलिंघम र रोड्रिगोले गोल गरे । अर्को आत्मघाती गोल भयो । बेलिघमले ६३ औँ मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।
इन्जुरी समयको तेस्रो मिनेटमा मलोर्काका मार्टिन भाल्जेन्टले आत्मघाती गोल गरेपछि रियल २–० ले अघि बढ्यो । रोड्रिगोले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै रियललाई उपाधि नजिक पुर्याए ।
रियलले अब उपाधिका लागि आइतबार बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले पहिलो सेमिफाइनलमा एथलेटिक क्लबलाई २–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।