logo-img

माने र रोनाल्डोको गोलमा अल नासरको सानदार पुनरागमन जित

साउदी प्रो लिगमा अल नासरले अल–ओखडुदविरुद्ध सानदार पुनरागमन जित निकालेको छ । 

बिहीबार राति सम्पन्न खेलमा अल–ओखडुदविरुद्ध ३–१ को पुनरागमन जित निकालेको हो । नासरको जितमा साडियो मानेको दुई तथा क्रिस्टियानो रोनाल्डोले एक गोल गरे ।

ओखडुदका लागि सावियर गोडविनको नाममा एक गोल रह्यो । उनले छैटौँ मिनेटमा गोल गर्दै ओखडुदलाई सुरुवाती अग्रता दिलाए । मानेले २९ औँ मिनेटमा बराबरी बराबरी गोल फर्काए ।

रोनाल्डोले खेलको ४२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नासरलाई २–१ ले अघि बढाए । मानेले ८८ औँ मिनेटमा गोल गर्दै नासरलाई ३–१ को पुनरागमन जित दिलाए । यो जितपछि १४ खेलबाट २८ अंक जोडेको नासर तेस्रो स्थानमा छ ।



ऊ शीर्ष स्थानमा रहेको अल–इतिहादभन्दा ८ र दोस्रो स्थानको अल–हिलालभन्दा ६ अंकले पछाडि छ । नासरविरुद्ध पराजित ओखडुद १४ खेलमा १२ अंकका साथ तालिकाको १४ औँ स्थानमा छ ।  





  • प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया