logo-img

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु

अमेरिकाको भर्जिनियामा कार पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु भएको छ ।

भर्जिनियाको स्यान्टिली शहरस्थित एक होटल बाहिर रहेको पोखरीमा बिहीबार बिहान कार डुब्दा उनीहरूको मृत्यु भएको एनबीसी वासिङ्टन डटकमले जनाएको छ ।  

मृत्यु हुनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका छन् । कार खड्काले चलाएका थिए । कार हिउँबाट चिप्लिएर जमेको पोखरीमा डुबेको बताइएको फेयर फ्याक्स काउन्टी प्रहरीलाई उद्धृत गर्दै एनबीसी वासिङ्टन डटकमले जनाएको छ ।

पोखरी कार डुब्ने खालको नभए पनि अत्यधिक चिसो पानी र उद्धार हुन समय लाग्दा खड्का र उनको आफन्त पर्ने भट्टको मृत्यु भएको अनुमान छ ।  







  • प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया