किन गरिँदैछ चीनमा साङ्लाकाे खेती ?

हामीमध्ये कतिलाई साङ्ला भन्ने शब्द सुन्नेवित्तिकै अत्यार लाग्न सक्छ, कतिलाई डर लाग्न सक्छ । तर, चिनियाँहरु पछिल्लो समय साङ्लाप्रति झन्झन् आकर्षित भइरहेका छन्, यसलाई व्यवसायका परिवर्तन गरिरहेका छन् ।

सम्भावित औषधिको गुणका कारण चीनमा धेरैले यसलाई व्यवसायिक अवसरका रुपमा पनि लिएका छन् । चीनमा मात्र होइन, एशियाका अन्य देशमा पनि साङ्लाको जुस खान थालिएको छ र व्यवसायिक रुपमा नै साङ्ला खेती गर्न पनि थालिएको छ । चीनको सिचाङ् सहरमा एउटा औषधि कम्पनीले वर्षेनी ६ सय करोड साङ्ला उत्पादन सुरु गरिसकेको छ ।

चीनको पत्रिका साउथ चाइना मर्निङ पोस्टका अनुसार एउटा ठूलो भवनमा साङ्लाहरुको व्यवसायिक खेती सुरु गरिएको हो । पोस्टका अनुसार त्यो भवन दुईवटा फुटबल मैदानबराबर छ । र, त्यहाँ साङ्लाका लागि खाना र पानीको व्यवस्था गर्न कर्मचारी खटिएका छन् । साङ्लाहरु राखिएको त्यो भवनमा कहिल्यै घाम पर्दैन । र, उनीहरु पाल्न मानिस खटाइएका पनि छैनन् । साङ्लाका लागि आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग गरिएको छ । जसले त्यहाँको तापक्रम तथा खानाको व्यवस्था गरिरहेको छ । जब साङ्ला ठूलो हुन्छ, त्यसपछि त्यसबाट जुस उत्पादन सुरु गरिएको छ ।

र, त्यसलाई परम्परागत औषधिका रुपमा प्रयोग गर्दै पिउन थालिएको छ । पेटको अल्सर, स्वासप्रसासमा अप्ठ्यारो तथा अन्य बिमारीमा त्यसको प्रयोग सुरु गरिएको छ । चिनियाँ प्रोफेसर लियुले भनेका छन्, ‘अहिले चीनको समस्या भनेको बुढ्यौली हो । हामी पश्चिमाहरुको भन्दा सस्तो औषधि खोजिरहेका छौँ । र, साङ्ला पालन सरकारी योजनाअनुसार नै सुरु भएको हो ।’

त्यसो त एकै ठाउँमा करोडौं साङ्ला पालिएको विषयमा विरोध पनि भएको छ । भूकम्प तथा कुनै मानवीय गल्तीका कारण यति धेरै किरा बाहिर आए नराम्रो हुने साङ्ला पालनको विरोध गर्नेहरुले बताइरहेका छन् ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७६ साेमबार २२:२४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया