logo-img

लस एन्जलसमा धेरै हलिउड स्टारका घर जलेर खरानी

अमेरिकाको लस एन्जलसका केही भागमा जंगलमा लागेको आगो लगातार फैलिरहेको छ । यस अवधिमा त्यहाँ कम्तिमा सात जनाको मृत्यु भएको छ भने सयौं भवन जलेका छन् ।

आगलागी प्रभावित क्षेत्रबाट करिब दुई लाख मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको छ । दमकलको प्रयासका बाबजुद पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।

मौसमी अवस्था र जलवायु परिवर्तनको असरका कारण आगामी दिनमा यो आगलागी अझै बढ्ने अनुमान गरिएको छ । अमेरिकाको लस एन्जलस काउन्टीमा बसोबास गर्ने करिब एक लाख ७९ हजार मानिसहरूलाई आफ्नो घर छाड्न भनिएको छ।

मानिसहरू आफूले सक्ने जति बोकेर घर छाडिरहेका छन् । यसका साथै दुई लाख मानिसलाई पनि चाँडै घर छाड्नु पर्ने चेतावनी दिइएको छ ।



सो क्षेत्रमा कम्तीमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले मृतकको संख्या बढ्ने अनुमान गरेका छन् ।

केही खाली ठाउँमा लुटपाट र चोरीका घटना बढेको र यस घटनामा २० जना पक्राउ परेको शेरिफ लुनाले बताए ।



आगो पूर्ण रूपमा नियन्त्रण बाहिर छ। यसैबीच हलिउड हिल्स क्षेत्रमा फैलिएको आगलागी कम हुन थाले पनि पूर्णरुपमा नियन्त्रण हुन सकेको छैन ।

हलिउड हिल्स क्षेत्रमा ५ हजार ३ सयभन्दा बढी भवन ध्वस्त भएका छन् । यसमा प्रतिष्ठित सनसेट बुलेभार्डमा अवस्थित घरहरू, विद्यालयहरू र व्यावसायिक भवनहरू छन्। लस एन्जलसमा धेरै हलिउड स्टारका घर जलेर खरानी भएका हुन् । 



  • प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया