logo-img

विश्वकप खेल्ने यू-१९ क्रिकेट टिमको बिदाइ, कहिले छ खेल ?

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला यू–१९ क्रिकेट टोलीले विश्वकपमा नेपालको राम्रो छाप छाडेर आउने विश्वास व्यक्त गरेका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित महिला यू–१९ क्रिकेट टोलीलाई बिदाइमा क्रममा उनले जित्छु भन्ने विश्वासका साथ खेल खेल्न आग्रह गर्दै नेपालको राम्रो छाप छाडेर आउने विश्वास व्यक्त गरेका हुन् ।  

‘विश्वकपमा नेपालको एउटा राम्रो छाप छोडेर आउनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ । त्यसमा पनि तपाईँहरूको प्रतिभा अगाडि बढाई राख्नु भएको छ । नडराइकन जानु, राम्रो खेल्न सक्छु, जित्न सक्छु भन्ने सोचका साथ जानु,’ मन्त्री चौधरीले भने ।  



उनले वर्तमान समयमा विद्यालयस्तरमा क्रिकेटको बढी लोकप्रियता बढेको भन्दै प्रत्येक जिल्लामा १० वटा तालिम सेन्टर खोल्ने प्रयासमा सबै लाग्नुपर्ने बताए ।

‘प्रत्येक जिल्लामा १० वटा तालिम सेन्टर खोल्न सक्यो भने प्याब्सन, सरकार, मन्त्रालयले त्यसमा सहयोग गर्न सक्यो भने धेरै खेलाडी उत्पादन हुन सक्छ । विद्यालय स्तरमा अझ खेलको धेरै सम्भावना छ । त्यसकारण विद्यालयमा खेल सञ्चालन गर्नको लागि क्यानलाई आग्रह गर्न चाहन्छु,’ मन्त्री चौधरीले भने ।



सोही क्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्काले विश्वकपमा पहिलो सहभागिता भएकाले आरामले क्षमताअनुसारको खेल खेल्न अनुरोध गरे ।

यू–१९ विश्वकपमा नेपालले १८ जनवरीमा बंगलादेश, २० जनवरीमा स्कटल्याण्ड र २२ जनवरीमा अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका छ ।  



  • प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया