logo-img

सहकारी ठगी प्रकरण : ३७ लाख धरौटी बुझाएर रिहा भइन् लीला पछाईं

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लीला पछाईं पनि धरौटी बुझाएर शुक्रबार रिहा भएकी छन् । जिल्ला अदालत कास्कीले उनलाई ३७ लाख रुपैयाँ धरौटी छोड्न आदेश दिएको थियो ।

बिहीबारको फैसलापछि पछाईं शुक्रबार धरौटी बुझाएर रिहा भएकी हुन् । बिहीबार पैसा बुझाउन नसकेपछि उनलाई कास्की कारागार चलान गरिएको थियो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासहित ७ जनालाई बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ६ जनाले भने बिहीबार नै धरौटी बुझाएर रिहा भएका थिए । 







  • प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया