नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि सरकार बलियो हुने बताएका छन् ।
फुटवेयर म्यान्रुफ्याक्वरर्स एशोसिएसन अफ नेपालको २३ औँ वार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसरमा बोल्दै उनले प्रतिनिधिसभामा बहुमत नभई सरकार नबन्ने भएकाले हरेक बनेका सरकारहरू बलिया हुने गरेको बताएका हुन् ।
उनले भने, ‘दुईवटा पार्टी नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनेको छ । हामी कहिलेकाहीँ कुनै सरकार बलियो भन्छौँ भने कुनै सरकारलाई कमजोर सरकार भन्छौँ । तर मलाई चाहिँ प्रत्येक सरकार बलियो लाग्छ । किन भने प्रतिनिधिसभामा बीना बहुमत सरकार बन्दैन । नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार बलियो यो कारणले हो भनेर चाहिँ प्रमाणित गर्नुपर्छ ।’
उनले नागरिकले प्राप्त गर्ने लाभले मात्र यो सरकार बलियो हुने बताए । उनले नागरिक खुसी हुँदै जाने बताउँदै त्यसो भए मात्र सरकार बलियो हुने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।