Mon, 22 Jul, 2019


स्थानीय तहका लागि ११ हजार कर्मचारी माग गर्ने लाेकसेवाकाे तयारी
फरकधार / बैशाख ३१, २०७६

काठमाडौं – लामाे समयदेखि स्थानीय तहमा रहेकाे कर्मचारी अभावकाे समस्यालाई हटाउन लाेकसेवा आयाेगले ११ हजार कर्मचारी माग गर्ने भएकाे छ । 



आयाेगले यही साताभित्र कर्मचारीकाे भर्नासम्बन्धी सूचना निकाल्ने भएकाे छ । नयाँ भर्ना भएका कर्मचारीलाई अबकाे ६ महिनाभित्र काम सुरु गर्ने गरी तयारी गरेकाे पनि आयाेगले जानकारी दिएकाे छ । 

आयोगका प्रवक्ता किरण शर्माले आयोगले यही साता सूचना निकाल्ने र सूचना निकालिएको ६ महिनाभित्र नयाँ कर्मचारी स्थानीय तहमा पुग्ने बताए।

गत हप्ता संघीय मन्त्रालयले स्थानीय तहमा करिब ११ हजार कर्मचारी आवश्यक भएको विवरण आयोगमा पठाएको थियाे ।

मन्त्रालयले यसअघि सबै स्थानीय तहरूलाई आवश्यक कर्मचारीको विवरण पठाउन आग्रह गरेपछि ५ सय स्थानीय तहले कर्मचारीकाे विवरण मन्त्रालयमा पठाएका थिए । यही आधारमा स‌ंघीय मन्त्रालयले ११ हजार कर्मचारी आवश्यक रहेकाे विवरण आयाेगलाई दिएकाे हाे । 

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले फास्ट ट्रयाकबाट कर्मचारी भर्ना गर्ने बताउदै आएका छन्। आयोगले भने फास्ट ट्रयाकबाट कर्मचारी भर्ना गर्न नसकिने जनाएको छ।

प्रदेश लोकसेवा आयोग स्थापना नहुँदासम्म प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारी संघीय लोकसेवा आयोगले भर्ना गर्न सक्ने कानुनी व्यवस्था छ। सो व्यवस्था अनुसार यसपटक संघीय लोकसेवा आयोगले ठूलो संख्यामा स्थानीय तहकोलागि कर्मचारी भर्ना लिन लागेको हो।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्