सागकाे लाेगाे र मस्कट सार्वजनिक

काठमाडाैं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को प्रतिक चिन्ह (लोगो) र मस्कट सार्वजनिक गरिएकाे छ । लाेगाे र मस्कट विराटनगरका भाेलानाथ पाैड्यालले तयार पारेका  हुन् । 

सागको लोगो शान्तिको प्रतिक मानिने परेवाको आकृति र मस्कट लोपोन्मुख जनावर कृष्णसार राखिएको छ।

सातवटा दक्षिण एसियाली राष्ट्रलाई संकेत गर्ने गरी लाेगाेमा परेवाकाे पछिल्लाे भागमा सातवटा प्वाँख राखिएकाे पाैड्यालले बताएका छन् । 

अबकाे ६ महिनापछि काठमाडाैं र पाेखरामा आयाेजना हुने साग गेम आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा निर्धारित समयभन्दा केही ढिला सुरु हुन लागेकाे छ । प्रतियाेगिता आगामी डिसेम्बर एक देखि १० तारिख ( मंसिर १५ देखि २४ गते) सम्म काठमाण्डू र पोखरामा हुनेछ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार ८:३०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया