Mon, 22 Jul, 2019


[श्रीलंका] मु्स्लिम समुदायविरुद्ध हिंसा बढेपछि देशभर कर्फ्यु
फरकधार / बैशाख ३१, २०७६

श्रीलङ्कामा मुस्लिम समुदायविरुद्ध हिंसा हुन थालेपछि देशभरि रात्रीकालीन कर्फ्यु लगाइएकाे छ । स्थानीय समयानुसार मङ्गलबार राति ९:०० बजेदेखि सात घण्टाका लागि कर्फ्यू लगाइएको हो।



मुस्लिम समुदायलाई लक्षित गरी भएका हि‌ंसाका घटनामा एक जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

इस्टर पर्वको दिन आत्मघाती आक्रमणबाट २५० जनाभन्दा बढीकाे मृत्यु भएपछि श्रीलङ्कामा साम्प्रदायिक तनाव बढेकाे छ । सरकारले आन्तरिक सुरक्षाका लागि विभिन्न नीतिहरु अपनाएकाे छ । बुर्का तथा सामाजिक सञ्जालमा समेत प्रतिबन्ध लगाएकाे छ । 

फेसबुकमा लेखेकाे स्ट्यासले विवाद बढेपछि इसाईहरूको बाहुल्य रहेको चिलाउ नगरमा मुस्लिमलाई लक्षित गरी आक्रमण भएकाे थियाे । प्रहरीले विवादास्पद पाेस्ट गर्ने एक व्यक्तिलाई पक्राउ गरेकाे छ । 

ट्विटरमा एउटा सन्देश लेख्दै प्रधानमन्त्री रानिल विक्रमसिङ्घले मिथ्या सूचनाबाट उत्तेजित नहुन तथा शान्त रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

 

हिंसाका क्रममा पश्चिमोत्तर नगर किनियामास्थित एउटा मस्जिदका झ्यालढोका तोडफोड हुनुका साथै आक्रमणकारीहरूले इस्लामिक धर्मग्रन्थहरू फालिदिएका थिए।

 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्