व्यापार विस्तार गर्न नेपाल र कम्बोडियाबीच सहमति

काठमाडौं– व्यापार विस्तार गर्ने, दुई देशबीचकाे कुटनीतिक सम्बन्ध सुदृढ बनाउने, पर्यटन प्रवर्द्धनमा सहयाेग पुर्याउनेलगायतका विषयमा नेपाल र कम्बोडियाबीच सहमति भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र कम्बाेडियाका उद्याेगमन्त्री सयु सेमले हस्ताक्षर गरे । 

यस्तै दुवै देशका प्रधानमन्त्रीकाे उपस्थितिमा नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि समझदारीपत्रमा हस्ताक्षर भयो । उक्त समझदारी पत्रमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष लिम गङले हस्ताक्षर गरे ।

भ्रमणकै क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कम्बाेडियाका समकक्षी समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनबीच राजधानी नोम पेन्हस्थित पिस प्यालेसमा भेटवार्ता भएको छ । 

भेटवार्तामा दुई देशबीच द्विपक्षीय सम्बन्ध, सहयोग विस्तार र पर्यटन प्रवर्द्धनलगायत विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओली भियतनामकाे चार दिने भ्रमणपछि साेमबार कम्बाेडिया पुगेका हुन् । प्रधानमन्त्रीकाे भ्रमण टाेलीमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारीलगायत छन् ।






  • प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार १०:४२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया