विप्लव नेतृत्व नेकपाका रुकुम पूर्वका जिल्ला इन्चार्ज पक्राउ

रुकुम– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुम (पूर्व) का जिल्ला इन्चार्ज कर्णबहादुर नकाल (शिशिर) लाई प्रहरीले मंगलबार पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरीकाे टाेलीले नकाललाई सानीभेरी गाउँपालिका ३ मुलपानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

नेकपाका कार्यकर्ताहरु केहि समयदेखि उक्त ठाउँमा बसेकाे गोप्य सूचनाको आधारमा खोजतलास गर्दा नकाललाई फेला पारेकाे उनको भनाई छ। 

पक्राउ परेका जिल्ला इन्चार्ज नकाल विरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरेर हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले जनाए।





  • प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार १३:४९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया