Mon, 22 Jul, 2019


जेट एयरवेजका सिइओ अमितले राजीनामा दिए
फरकधार / बैशाख ३१, २०७६

दिल्ली– जेट एयरवेजका डेप्युटी सिइओ अमित अग्रवालले साेमबार राजीनामा दिएका छन् । उनले  एयरलाइन्सकाे स्टक एक्सचेन्जलाई राजीनामाकाे जानकारी दिएका हुन् । 



जेट एयरवेजले अग्रवालले व्यक्तिगत कारणले राजीनामा दिएकाे बताएकाे छ । 

अमितले २०१५ देखि जेट एयरवेजमा काम गर्न सुरु गरेका थिए । गएकाे एक महिनामा जेटका धेरै बाेर्ड मेम्बरले राजीनामा दिइसकेका छन् । 

लामाे समयदेखि आर्थिक संकटमा फसेकाे जेट एयरवेजले अप्रिल १७ देखि अस्थायी रुपमा आफ्नाे उडान बन्द गरेकाे छ । 

 



यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्