यो सिजनको सगरमाथा आरोहण खुला

काठमाडौं–  यो सिजनको आरोहण खुला भएको छ । आरोहण खुला भएसँगै पहिलो सगरमाथा आरोहीको टोली शिखरमा पुगेको छ । आरोहीहरुका लागि बाटो बनाउँदै अघि बढेको शेर्पा टोली मंगलबार चुचुरोमा पुगेको छ । 

शेर्पा टोलीको  नेतृत्व दोलखाका सिद्धिबहादुर तामाङले गरेका छन् । टोलीमा सोलुखुम्बुका दार्जी ग्याल्जेन शेर्पा, पासाङ दावा शेर्पा, संखुवासभाका पासदावा शेर्पा, दावा नुर्व शेर्पा, मिङ दोर्जे शेर्पा, आङफुर्वा शेर्पा र साङ्बु भोटे लामा छन् ।

यसवर्ष सगरमाथाको उचाइ मापन गर्ने सरकारी टोली आरोहणका लागि बिदा भइसकेको छ । शेर्पा टोली फर्केपछि अन्य आरोहीका लागि सगरमाथा आरोहणको बाटो खुलेको छ । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार १६:३६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया