logo-img

कास्की अदालतले दियो जिबी राईको राहदानी रद्द गर्न आदेश
फाइल फाेटाे

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उनको राहदानी रद्द गर्न आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत जिबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा दिएको निवेदनका आधारमा अदालतबाट त्यस्तो आदेश भएको हो । 

उक्त आदेशअनुसार अब राहदानी रद्द गर्न राहदानी विभागमा पत्र लेखी पठाइनेछ भने पत्र पुगेपछि विभागले रद्द गर्ने प्रक्रिया अघि बढाउनेछ । 





  • प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया