लागुऔषध चरेससहित दुईजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले लागुऔषध चरेससहित दुईजनालाई पक्राउ गरेको छ । गत आइतबार ब्युरोको शाखा कार्यालय त्रिभुवन विमानस्थल र विमानस्थल सुरक्षा गार्ड काठमाडौंबाट खटिएको टोलीले काठमाडौंका राजु श्रेष्ठलाई ४.५ किलोग्राम चरेससहित पक्राउ गरेको हो ।

प्रहरीको तालिमप्राप्त कुकुरले श्रेष्ठलाई विमास्थलको आन्तरिक उडानतर्फको पार्किङ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । सोधपुछकै क्रममा श्रेष्ठले उक्त लागुऔषध चरेस रेवा पुरीले दिएको बताएपछि सोमबार पुरी पनि पक्राउ परेका थिए ।

उनलाई ३ सय ८० ग्राम लागूऔषध चरेससहित प्रहरीले पक्राउ गरेको जनाएको छ । पुरी मकवानपुर थाहा नगर ८ का बासिन्दा हुन् । 
दुवै जनाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार १७:१५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया