राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ भनिएका दलहरू पनि अरूलाई देखाएर आफूहरूले पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगेको आरोप लगाएका छन् ।
हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नयाँ भनिएका दलका नेता कार्यकर्ताहरू अरु दलका नेताले ‘त्यति धेरै खाए हामीले चाहिँ यति खाँदा पनि थुनिनुपर्ने’ भन्ने विन्दुमा पुग्नु लज्जास्पद विषय भएको बताएका हुन् ।
लिङ्देनले कांग्रेस–एमालेको गठबन्धनको सरकार भ्रष्टाचारको आरोपबाट मुक्त हुनको लागि निर्माण भएको प्रमाणित भएको बताए । सरकार निर्माण भएको छ महिनाको अवधिले कांग्रेस–एमाले किन मिलेको भन्ने प्रमाणित भएको बताए ।
आज देशको राष्ट्रियता कमजोर भएको बताउँदै देश अहिले भू-राजनीतिक चक्रब्युमा परेको बताए । हाम्रो देशमा विदेशी चलखेल बढेको बताउँदै अध्यक्ष लिङ्देनले यो अवस्थाको निर्माण तिनै दलहरूले गरेको दाबी गरे । देश अहिले निकै गम्भीर अवस्थामा रहेको बताउँदै अध्यक्ष लिङ्देनले देशमा अहिले चरम निराशा बढेकाले युवाहरूले देश छाड्ने दर ह्वात्तै बढेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।