आइसीसी यू-१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बंगलादेशविरूद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितमा बंगलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिइन ।
विश्वकपमा पहिलो पटक सहभागिताको मौका पाएको नेपालले आज बंगलादेशलाई पराजित गर्दै प्रतियोगिताको सुखद् सुरुआत गर्ने लक्ष्यमा छ ।
नेपाली युवा टोलीमा कप्तान पूजा महत्ताेसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृसना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।