अब मापसेजस्तै लागुपदार्थ सेवन जाँच सुरु

काठमाडौं– ट्राफिक प्रहरीले अब मापसेजस्तै लापसे अर्थात् लागुपदार्थ सेवन जाँच सुरु गरेको छ । यसको सुरुवात प्रदेश २ प्रहरीले गरेको हो । 

मादक पदार्थ सेवन गर्दा चेक हुने भएपछि कतिपय चालकले लागुऔषध प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि यो अभियान सुरु गरिएको प्रदेश २ का ट्राफिक प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बारा र सप्तरीका केही सवारीचालकमा लागुपदार्थ प्रयोग गरे÷नगरेको जाँच गरिएको छ । यसक्रममा बारामा ५३ जना र सप्तरीमा १० जना सवारीचालकको पिसाब परीक्षण गरिएको छ । तीमध्ये दुईजनाले लागुऔषध गाँजा प्रयोग गरेको फेला परेको छ ।  ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई जरिवाना तिराएर आइन्दा यस्तो नगर्न सचेत गराएर छाडेको छ । प्रदेश २ ट्राफिक प्रहरीले यो अभियानलाई   प्रदेशका आठवटै जिल्लामा विस्तार गर्ने योजना बनाएको छ । 

ड्रग युरिन टेस्ट किट प्रयोग गरेर लागुऔषध प्रयोग गरे-नगरेकोबारे जाँच गरिएको हो । जाँचका क्रममा सवारी चालकहरुलाई एउटा सानो डिब्बा दिँदै त्यसमा पिसाब भरेर ल्याउन भनिएको थियो । पिसाब किटमा राखेपछि लागुऔषध प्रयोग गरे-नगरेको थाहा हुन्छ ।

सो किटका माध्यमबाट कुन लागुऔषधको प्रयोग गरेको हो भन्ने पनि पत्ता लाग्छ । नार्कोनन नामको गैरसरकारी संस्थाले उपलब्ध गराएको सय वटा किटको माध्यमले प्रहरीले लापसे जाँच सुरु गरेको हो । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार १७:५०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया