logo-img

एमसीसी पीडितहरुको आन्दोलनप्रति बृहत नागरिक आन्दोलनको ध्यानाकर्षण

बृहत नागरिक आन्दोलनले काठमाडौंको शंखरापुर नगरपालिकास्थित बोझेनीका आदिवासी तामाङहरू अपर तामाकोशी तथा एमसीसी पीडित संघर्ष समितिको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

एसियाली विकास बैंक र एमसीसीको लगानीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागिरहेको विद्युत प्रसारण लाइन र सबस्टेसन परियोजना अन्यत्र सार्ने मागसहित शान्तिपूर्ण प्रतिरोधमा उत्रिरहेका थिए ।

राज्यले प्रहरी परिचालन गरि बोझेनी बस्तीमा धरपकड र गैरकानूनी रूपमा पक्राउ गरेको घटनाले बृहत नागरिक आन्दोलनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै परियोजनामा संलग्न एशियाली विकास बैंक, एमसीए-नेपाल, नेपाल विद्युत प्राधिकरणलाई स्थानीयवासीको राष्ट्रिय-अन्तर्राष्ट्रिय कानूनसम्मत माग दाबीको न्यायोचित सुनुवाई गर्न, प्रहरी दमन तुरून्तै बन्द गर्न र पक्राउ गरिएकाहरूलाई बिनाशर्त तत्काल रिहाइ गर्न माग पनि गरिएको छ ।



विज्ञप्तिमा भनिएको छ,‘रणनीतिक महत्वको भनिएको प्रसारण लाइन र सबस्टेसन निर्माण कार्य अघि बढाउन २०८१ माघ ३ गते बोझेनीमा परिचालित प्रहरीहरूद्वारा जथाभावी कुटपिट र १ वर्षे बालकदेखि ८० वर्षे वृद्धा महिलासमेत १८ जनालाई घर-घरबाट पक्राउ गरिएकोप्रति घोर भत्सर्ना गर्दछौं ।’

‘आदिवासीहरूको अन्तर्राष्ट्रिय अधिकार अग्रीम जानकारीसहितको मञ्जुरी, एशियाली विकास बैंक र एमसीसीको सामाजिक तथा वातावरणीय नीतिको समेत पालना नगरी स्थानीयबासीहरूलाई आतंकित बनाइ प्रसारण लाइन र सबस्टेसन निर्माण गर्नमा राज्य उद्यत हुनु आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ ।



  • प्रकाशित मिति : माघ ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया