Mon, 22 Jul, 2019


कामिरिता २३ औं पटक सगरमाथामा
फरकधार / जेठ १, २०७६

काठमाडाैं– कामिरिता शेर्पाले २३औं पटक सगरमाथा आरोहण गरेका छन् । याेसँगै ४९ वर्षिय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आराेहण गर्ने कीर्तिमान कायम गरेका छन् । 



साेलुखुम्बुकाे थामे गाउँमा जन्मिएका कामिरिताले बुधबार बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाकाे शिखरमा पुगेका हुन् । उनीसँगै निमा ओङ्दी शेर्पा पनि सगरमाथाकाे चुचुराेमा पुगेका छन् । 

उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै 'यो राष्ट्रकै गौरवको कुरा' भएको प्रतिक्रिया दिएका छन् । 

शेर्पाले सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए । २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने उनले बताएका छन्।



यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्