नेपाल पुरुष टिम पहिलो संस्करणको खो–खो विश्वकपमा उपविजेता बनेको छ । आइतबार दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको खेलमा आयोजक भारतसँग ५४-३६ ले पराजित भएसँगै नेपाल उपविजेता बनेको हो ।
नेपाली महिला टिम पनि उपविजेता बन्यो । भारतसँग ७८–४० अन्तरले पराजित भएसँगै नेपाली महिला टिम उपविजेता बनेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।