एन्टोनी ग्रिजम्यानले एथ्लेटि्काे मड्रिड र राेसीले राेमा छाेड्ने

मड्रिड– फ्रान्सका स्टार स्ट्राइकर एन्टाेनी ग्रिजम्यानले स्पेनिस क्लब एथ्लेटिको मड्रिड छोडने घाेषणा गरेका छन् । ला लागिअन्तर्गत आगामी शनिबार लेभान्टेसँगको खेलपछि उनले स्पेनिस क्लब एथलेटिको मड्रिड छाेड्ने छन् । 

उनी ५ वर्षदेखि याे क्लबबाट खेल्दै आइरहेका थिए ।

एथ्लेटिकाे मड्रिडले विज्ञप्ती जारी गर्दै ग्रिजम्यानले क्लब छाेड्ने निर्णय गरेकाे जानकारी दिएकाे छ । उनी २०१४ देखि याे क्लबमा आबद्ध थिए ।

 

ग्रिजम्यानले एथ्लेटिकाेबाट २५२ म्याचमा १३३ गाेल गरेका छन् । एथ्लेटिकाेले २०१८ काे युराेपा लीग टाइटल, युएफा सुपरकप र २०१४ मा स्पेनिश सुपरकप जितेकाे थियाे । 



२८ वर्षीय ग्रिजम्यान अब कुन क्लबबाट खेल्छन् भन्ने स्पष्ट भएकाे छैन् तर उनले बार्सिलाेना ज्वइन गर्न सक्ने अनुमान गरिएकाे छ । 

यस्तै  इटलीकाे क्लब एएस राेमाबाट १९ वर्षसम्म खेलेका ड्यानियल डि राेसीले पनि क्लब छाेड्ने निर्णय गरेका छन् । ग्रिजम्यान २०१८मा वल्र्ड कप जितेकाे फ्रान्सकाे टिममा थिए भने २००६ काे वल्र्ड कपमा राेसी इटलीकाे टिमबाट खेलेका थिए । 



३५ वर्षीय राेसीले राेमाबाट ६१५ म्याचमा ६३ गाेल गरेका छन् । राेमाबाट उनले अन्तिम खेल मे २६ मा खेल्नेछन् । राेसी क्लबमा भएकाे समयमा राेमाले २००७ र २००८ मा काेपा इटालियन र २००७ मा सुपरकाेपा टाइटल जितेकाे थियाे । 

डिफेन्सिभ मिडफिल्डर राेसीले इटलीकाे टिमबाट २००४ देखि २०१७ सम्म ११७ खेलमा २१ गाेल गरेका थिए । 

  • प्रकाशित मिति : जेठ १, २०७६ बुधबार १०:४०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया