अमेरिका– नासाले चन्द्रमामेरिकीमा पहिलोपल्ट अ महिला अन्तरिक्ष यात्री पठाउने भएको छ।
सन् २०२४ सम्ममा चन्द्रयान 'आर्टेमिस' पठाउन तयारी गरिरहेको घोषणा नासाले गरेकाे छ । नासाले आर्टेमिसमा महिला र पुरुष चन्द्रमामा पठाउने जानकारी दिएकाे छ।
नासाले यस अभियानको नाम 'मुन २०२४' राखेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नासालाई अन्तरिक्ष अनुसन्धानका लागि बजेट थप गरेपछि याे अभियानको घोषणा गरिएकाे हाे।
राष्ट्रपति ट्रम्पले सन् २०२० को बजेटमा मानवसहितको चन्द्र अभियान 'मुन २०२४' का लागि नासालाई १ अर्ब ५० करोड अमेरिकी डलर थपिदिएको नासाका अमेरिकी अधिकारी जिम ब्राइडेन्स्टाइनले जानकारी दिएका छन्।
नासाले अपोलोकी जुम्ल्याहा बहिनी तथा चन्द्रमाकी देवीको नामबाट महिलासहित चन्द्रमा पठाइने यानको नाम आर्टेमिस राखिएको जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।