काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन संसदीय समितिले सरकारलाई कडा निर्देशन दिएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले आयोजनाको बाँकी काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई कडा निर्देशन दिएको हो ।
समिति सभापति कल्याणी खड्काका अनुसार समितिले सरकारको नीति तथा कार्यक्रम अनुसार नै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न÷गराउन खानेपानी मन्त्रालयलाई सचेत गराएको हो । समितिले राष्ट्रिय खानेपानी तथा सरसफाइ नीति र सोसम्बन्धी ऐन शीघ्र तर्जुमा गरी कार्यान्वयनमा ल्याउन पनि सरकारलाई निर्देशन गरेको छ ।
समितिको निर्देशनपछि खानेपानीमन्त्री विना मगरले मन्त्रिपरिषदमा छलफल गरेर मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।