उद्योगमन्त्री मातृका यादवमाथि हातपात प्रयास

काठमाडौं– सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवमाथि हातपात प्रयास भएको छ । उद्योग विभागमा भएको सरुवाको विषयमा मतभेद हुँदा कर्मचारीहरुले मन्त्रीमाथि नै हातपातको प्रयास गरेका हुन् ।  

कांग्रेसनिकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपा निकट विनोद खड्कालाई पठाइएको भन्दै कर्मचारीले मन्त्रीमाथि दुर्व्यवहार गरेका हुन् । 

होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाए लगत्तै कर्मचारी नेताहरु भागेको बताइएको छ ।





  • प्रकाशित मिति : जेठ १, २०७६ बुधबार १६:४५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया