१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

हवलदारसहित १५ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

गैरहाजिर भएका १५ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।


प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज सूचना जारी गर्दै गैरहाजिर भएका प्रहरी १५ जनालाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।



प्रहरी प्रधान कार्यालयका अनुसार हवलदार र सहायक हवलदार र अन्य प्रहरी जवान, प्राविधिक प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी मंसिरदेखि गैरहाजिर रहेका छन् ।   

आफू गैरहाजिर रहनुको कारण खोलेर सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : १० माघ, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया