मत ५५ प्रतिशत मात्रै पाएकाे हाे, दुईतिहाइको दम्भ नदेखाऊ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दुई तिहाईको दम्भ नदेखाउन सरकारलाई आग्रह गरेका छन् । अहिले पनि धेरै जनताको विश्वास जित्न बाँकी रहेको उनले बताए । 

युवा संघ नेपालको २९औँ वार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा नेता नेपालले नेकपाले ५५ प्रतिशत जनताको मत मात्रै प्राप्त गरेकाले दुईतिहाइको दम्भ नदेखाउन आग्रह गरेका हुन् । 

अहंकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतनतर्फ डोर्याउने धारणा राख्दै उनले भने, ‘हाम्रो काम र व्यवहारले जनताको मन जित्न सक्छ ।’ 

कम्युनिस्ट नेताको आचरण र व्यवहार परीक्षणमा रहेको भन्दै नेता नेपालले युवा नेताहरुलाई सचेत गराए । उनलेभने, ‘तपाईंको व्यवहारले नै मान्छेको मन जित्छ ।’





  • प्रकाशित मिति : जेठ १, २०७६ बुधबार १७:५३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया