logo-img

युक्रेनले अन्तर्राष्ट्रिय मानवीय कानुन र जेनेभा महासन्धिको घोर उल्लङ्घन गर्‍यो

हामीलाई हालै एक प्रश्न प्राप्त भयो । प्रश्न थियो, २० जनवरीमा कुर्स्क क्षेत्रको रुस्कोए पोरेचनोए गाउँमा रसियन सेनाले एक भुइँतलामा नव–नाजी आक्रमणकारीहरूले यातना दिएर निर्दयतापूर्वक मारिएका नागरिकहरूको शव पत्ता लगाएको कुरा सार्वजनिक भएको छ । ती शवहरू प्रायः वृद्धवृद्धाका थिए, जो प्रतिरोध गर्न असक्षम थिए । मिडियामा सार्वजनिक गरिएका तस्बिरहरूले नीलडाम, गोलीका चोट र हात बाँधिएका अवस्थाका दृश्य देखाएका छन् । यसलाई मानवीय दृष्टिकोणले कसरी व्याख्या गर्न सकिन्छ ? के यस विषयमा केही भन्न सकिन्छ ? 

मैले त्यो प्रश्नको जवाफ यसरी फर्काए, वास्तवमै मिडियामा सार्वजनिक गरिएका हृदयविदारक तस्बिरहरूलाई मानवीय दृष्टिकोणबाट टिप्पणी गर्न गाह्रो छ । यो स्वाभाविकरूपमा कुनै पनि तार्किक व्याख्या र बुझाइभन्दा परको विषय हो । यी क्रूरताहरू केवल किभ शासनको आतंककारी र नाजी स्वभावको अर्को घृणित प्रदर्शन हुन् । अग्रपङ्क्तिमा आफ्नो सैनिक र राजनीतिक असक्षमताबाट प्रेरित भएर, उसले फेरि पनि नागरिकहरूको नरसंहारजस्तो अमानवीय कार्य गरेको छ ।

यही कुरा सामूहिक पश्चिमी देशहरू र तिनीहरूका राजनीतिज्ञहरूले बान्देराहरूबाट अपेक्षा गर्छन्, जसलाई उनीहरूले व्यक्तिगतरूपमा समर्थन र प्रोत्साहन दिएका छन् । उनीहरूले जानाजानी तिनीहरूको आपराधिक कार्यहरूलाई वेवास्ता गर्छन्, किभ शासनलाई हतियार आपूर्ति गर्ने अनुमति जारी राख्छन् । र, यसका अपराधहरूको अन्तर्राष्ट्रिय अनुसन्धान गर्ने प्रयासहरूलाई अवरोध पुर्‍याउँछन् । संगठित र अनुशासितरूपमा, उनीहरूले केही भयानक भइरहेको छैन भनी नाटक गर्छन्, यद्यपि यो अन्तर्राष्ट्रिय मानवीय कानुन र जेनेभा महासन्धिको घोर उल्लङ्घन हो ।

यसले पुनः प्रमाणित गर्छ कि ‘युरोपेली मूल्यहरू भन्ने नाममा किभ शासनले रक्षा गरिरहेको दाबी गर्ने ‘सभ्य’ प्रायोजकहरूले वास्तवमा केही पनि रसियनलाई समाप्त गर्न चाहन्छन् । यसैले यो स्पष्ट छ कि यसपटक पनि, हामीले नागरिकहरूको यस प्रकारको निर्मम हत्यामा अन्तर्राष्ट्रिय निकायहरू जस्तै ओएससीई, संयुक्त राष्ट्रसंघ र यसको विशेषज्ञ एजेन्सीहरूबाट कुनै स्पष्ट प्रतिक्रिया सुन्ने छैनौँ । पश्चिमले नियन्त्रण गरेका तिनका सचिवालयहरूले जानाजानी मौनता पालना गर्छन् वा ‘हिंसाविरुद्ध’ जस्ता सामान्यतामा आधारित वक्तव्यहरू दिन्छन्, वास्तवमा शान्त गाउँ र शहरका बासिन्दाहरूको हत्यालाई ढाकछोप गर्दै । यसले उनीहरूलाई यी क्रूरताहरूको सहयात्री बनाउँछ ।



हामी बुझ्छौँ कि न्याय स्थापित गर्न, दोषीहरूलाई पत्ता लगाउन र सजाय दिन उनीहरू केही गर्ने छैनन् । त्यसैले तिनीहरूप्रति आह्वान गर्नुको कुनै अर्थ छैन । हामी आफैं यो गर्नेछौँ । रसियन महासंघका अनुसन्धान अधिकारीहरूले दोषीहरूको पहिचान गर्न आवश्यक सबै कार्यहरू गर्नेछन् । ती अपराधहरूमा संलग्न जो कोही पनि अवश्य र अपरिहार्यरूपमा उत्तरदायी ठहरिने छन् । र, उनीहरूले अन्य खुलासा गरिएका किभ शासनका अपराधहरूमा जस्तै वास्तविक जेल सजाय भोग्ने छन् ।

मारिया जाखारोभा रसियन विदेश मन्त्रालयकी प्रवक्ता हुन् ।



  • प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया