logo-img

साताको अन्तिम कारोबार दिन घट्यो सेयर बजार

साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक घटेको छ। पछिल्ला ४ कारोबार दिनदेखि बढिरहेको नेप्से साताको अन्तिम कारोबारको दिन भने सामान्य घटेको हो । 

आज नेप्से परिसूचक ११.१० अंक घटेर २६५४.३५ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.९९ अंक घट्दा फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ९ अर्ब २० करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ८४ हजार ७ पटकको कारोबारमा ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार रुपैयाँबराबरको १ करोड ५१ लाख ४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।  

आज ८६ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ४९ को घटेको  छभने आठ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।  



कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंकको ३० करोड ८९ लाख २९ हजार ६५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने कारोबार भएका सेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटरको पाँच लाख सात हजार तीन सय ११ कित्ता सेयर खरिदबिक्री भएको छ ।



  • प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया