logo-img

असनमा लागेको आगो सेनाको फाइटिङ्ग टोलीद्वारा नियन्त्रणमा

काठमाडौं महानगरपालिका–२७ स्थित असनमा स्थानीयको घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

बिहीबार अपरान्ह अन्य निकायहरूको सहयोगमा नेपाली सेनाको नरसिंहदल गण, रणभैरव गण र शार्दुलजंग गुल्मबाट परिचालित फायर फाइटिङ्ग टोलीले आगो नियन्त्रणमा लिएको हो । 

बिहीबार दिउँसो स्थानीय ऋतु तुलाधरको घरमा आगलागी भएको थियो ।



आगलागीबाट गोदाममा रहेका ग्यास चुल्होलगायत घरायसी सामाग्री जलेर नष्ट भएका छन् । समयमा नै आगो नियन्त्रणमा लिइएको कारण अन्यत्र सल्कन नपाएको स्थानीयले बताएका छन् । 



  • प्रकाशित मिति : माघ ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया