logo-img

यू-१९ विश्वकप : मलेसियासँग ‘प्लेअफ’ मा भिड्दै नेपाल

तेस्रो संस्करणको आइसिसी महिला यू-१९ टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल आज मलेसियासँग खेल्दैछ । नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ ।  

समूह चरणबाट बाहिरिसकेको नेपाल १३औँदेखि १६औँ स्थानसम्मको प्लेअफका लागि मलेसियासँग खेल्न लागेको हो । त्यस्तै, अर्को प्लेअफमा पाकिस्तान र सामोआ भिड्ने तासिलका छ ।

विश्वकपको सुपर सिक्सको समूह ‘१’ मा भारत, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र वेस्ट इण्डिज रहेका छन् । यस्तै, समूह ‘२’ मा दक्षिण अफ्रिका, इङल्याण्ड, अमेरिका, नाइजेरिया, आयरल्याण्ड र न्यूजिल्याण्ड रहेका छन् ।   

समूह चरणमा नेपालले तीनवटै खेलमा हार बेहोरेको थियो । नेपालले समूह चरणमा बंगलादेशसँग ५ विकेट, स्कटल्याण्डविरुद्ध एक विकेट तथा अस्ट्रेलियासँग ८३ रनको हार बेहोरेको हो । 



मलेसियामा १८ जनवरीदेखि सुरु भएको यस विश्वकपमा १६ देशले भाग लिएका छन् ।  



  • प्रकाशित मिति : माघ ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया