Mon, 20 May, 2019


अख्तियारका पूर्वआयुक्त पाठकसँग ७८ लाख धरौटी माग
फरकधार / जेठ १, २०७६

काठमाडौं– अख्तियारले आफ्नै कर्मचारीविरुद्ध हालेको पहिलो मुद्दामा पूर्वआयुक्त राजनारायण पाठकसँग ७८ लाख धरौती माग गरिएको छ । विशेष अदालत काठमाडौंले पाठकसँग यो धरौटी माग गरेको हो । 

पाठकमाथि नेपाल इन्जिनियरिङ कलेजको विवाद समाधान गरिदिन्छु भन्दै ७८ लाख घुस लिएको आरोप लागेको थियो । योसँग सम्बन्धित विभिन्न भिडियोहरु नै सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । 

मंगलबार सुटुक्क विशेष अदालत पुगेका पाठकको बयान लिएर मंगलबार नै थुनछेक बहस भएको थियो । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, द्वारिकामान जोशी तथा प्रमोदकुमार श्रेष्ठको इजलासले पाठकका वकिलले धरौटीमा रिहा गर्न माग गरेकाले पाठकलाई धरौटीमा छोड्ने फैसला गरेका हुन् ।  

पाठक धराैटी बुझाएर छुटेका छन् । यही मुद्दामा जोडिएका लम्बोदर न्यौपाने फरार छन् ।


यो पनि नछुटाउनुहोस्